राजनीति

संविधान संशोधन विधेयक समस्या जटिल बनाउने खेल: नेता पोखरेल

रामेछाप- एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले अहिलेको संविधान संशोधनको प्रस्ताव समस्या समाधानको बाटो नभइ समस्यालाई थप जटिल बनाउने खेल भएको बताएका छन। उनले एमाले विना संविधान संशोधन हुन नसक्ने दावी गरे।  

नेकपा एमाले रामेछापले आयोजना गरेको संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानको अभिमुखीकरण कार्यक्रमलाई सोमबार मन्थलीमा सम्बोधन गर्दै उनले सरकारमा सहभागि दलहरु ३० प्रतिशतको अवस्थामा रहेको एमाले बाहिर पारेर १० प्रतिशतको अवस्थामा रहेको मधेसवादी दललाई भित्र पारेर समस्या समाधान हुन नसक्ने र यस्तो कुटनीतिले परिस्थिति जटिल बन्ने पोखरेलले उल्लेख गरे।

 'जोसँग मिलेर संविधान बनाइयो आज उसलाई नै बाहिर राखेर कसरी अगाडि बढन सकिन्छ यो संभावना नै छैन', उनले भने। वर्तमान सरकारले मधेशवादी दललाई मिलाउन भारतीय राजदूत गुहारेको आरोप लगाउँदै राजदूतले मधेसवादी दललाई शंसोधन प्रस्ताव मान्न दबाब दिएको आरोप समेत लगाए।

प्रकाशित: २० मंसिर २०७३ १४:०९ सोमबार

संविधान संशोधन विधेयक समस्या जटिल बनाउने खेल नेता पोखरेल