राजनीति

एमालेले चाह्यो अन्तर्राष्ट्रिय समर्थन

अाेली निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठक। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— नेपालको अान्तरिक मामिलामा भारतीय दाउपेचको सामना गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालका कुनै पनि समस्या समाधान गर्न राष्ट्र सक्षम रहेको उल्लेख गर्दै ‘राष्ट्रिय हितमा विश्वभरिका मित्रहरुबाट शुभेच्छाको अपेक्षा’ गरेको छ।

‘नेपालभित्रका कुनै पनि समस्यालाई नेपालका राजनीतिक दल तथा जनताले आफैँ समाधान गर्दै मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन नेपाल राष्ट्र सक्षम छ। यसका लागि नेपालको हितमा विश्वभरिका मित्रहरुको शुभेच्छा हामी अपेक्षा गर्दछौं’, बैठकको निर्णयमा भनिएको छ। एमालेले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा पक्षधरता नदेखाउन समेत छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। ‘नेपालभित्रका कुनै पनि समस्यालाई नेपालका राजनीतिक दल तथा जनताले आफैँ समाधान गर्दै मुलुकलाई अग्रगामी दिशामा अघि बढाउन नेपाल राष्ट्र सक्षम छ। यसका लागि नेपालको हितमा विश्वभरिका मित्रहरुको शुभेच्छा हामी अपेक्षा गर्दछौं’, बैठकको निर्णयमा भनिएको छ। एमालेले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न तथा पक्षधरता नदेखाउन समेत छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ।

‘नेपालको आन्तरिक विषयमा अनावश्यक चासो राख्दै आन्तरिक मामिलामा पक्षधरता देखाउने तथा हस्तक्षेप गर्ने कुनै पनि काम कारवाही नगर्न बैठकले छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरुलाई हार्दिक अपिल गर्दछ’, पार्टी सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संविधान निर्माण प्रक्रियामा भारतीय हस्तक्षे छताछुल्ल भएपछि एमाले खुलेर त्यसको विरोधमा उत्रिएको थियो। संविधान सभाबाट ९० प्रतिशतले संविधान जारी गरे पनि आफू अनुकूल नभएको भन्दै दक्षिणी छिमेकीले नेपालमाथि पाँच महिना नाकाबन्दी गरेको थियो। भारतले त्यतिबेला संविधानमा छिराउन नसकेका ७ बुँदालाई पुष्पकमल दाहाल सरकारले संशोधनको रुपमा दर्ता गराएपछि प्रमुख प्रतिपक्षी एमाले अान्दोलनमा उत्रिएको छ।

पाँच नम्बर प्रदेश टुक्र्याएर हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी ल्याइएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिन समेत प्रमुख प्रतिपक्षी एमालेले आह्वान गरेको छ। ‘राष्ट्रविरोधी’ विधेयक फिर्तागरी सम्वाद र सहमतिको माध्यमबाट समस्याको हल गर्दै अविलम्ब निर्वाचनको वातावरण बनाउन समेत उसले ध्यानाकर्षण समेत गराएको छ।

सोमबार एमालेले जारी गरेको विज्ञप्ति

 

एमालेले चाह्यो अन्तर्राष्ट्रिय समर्थन