राजनीति

भारतीय राजदूतावास अगाडि प्रदर्शन (फाेटाेहरू)

काठमाडौँ- संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि साेमबार प्रदर्शन गरेका छन्।

सरकारले संसदमा दर्ता गरेकाे संविधान संशाेधन विधेयकप्रति असहमति जनाउँदै संयुक्त माेर्चाले प्रदर्शन गरेकाे हाे।

मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा माओवादी निकट युवा एवम् विद्यार्थी सङ्गठन आबद्ध छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष नीरज लबजु, नेपाल युवक सङ्गठनका तिलक थापालगायतले नेपालको राजनीतिमा हस्तक्षेप नगर्न चेतावनी दिएका थिए।

 

भारतीय राजदूतावास अगाडि प्रदर्शन फाेटाेहरू