राजनीति

सर्लाहीबाट चार किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागू औषधसहित एक भारतीय पक्राउ परेका छन्।

सर्लाहीको विष्णु गाउँपालिका फेन्हाराबाट प्रहरीले एक भारतीयलाई चार किलो गाँजसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा २७ वर्षीय युवक इन्द्रजीत कुमार यादव रहेका छन्।

ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय नागरिक यादवलाई चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा यादवबाट चार किलो गाँजा र केही भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ६ चैत्र २०७९ १३:३८ सोमबार