राजनीति

अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठेपछि यसअघि पनि प्रधानमन्त्रीलाई मत दिएका थियौंः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाजहरु उठन थालेको संकेत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अघिल्लो पटक विश्वासको मत दिएको स्पष्ट पारेका छन्।

उनले सोमबार प्रधानमन्त्री दाहाललाई पुनः विश्वासको मत दिने निर्णय सार्वजनिक गर्दै उनले अघिल्लो पटक विश्वासको मत दिनुका कारण स्पष्ट पारेका हुन।

‘हामीले त्यतिबेला संसदमा प्रमुख विपक्षी दलका रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं। त्यो मतदान राजनीतिक स्थिरताका लागि थियो’, सभापति देउवाले सोमबारको प्रतिनिधिसभा बैठकमा भने, ‘मैले प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दा भनेको थिए, संसदको अधिवेशनको प्रारम्भमानै अस्थिरताका आवाजहरु उठ्न थालेका छन। संसद अनिश्चितता र देश अन्यौल तर्फ जाने सम्भावना बढेको छ।’

उनले प्रतिनिधिसभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताको लागि प्रस्तावको पक्षमा मतदान गरेको उल्लेख गरे। ‘हामी संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका छौ र उभिईरहने वाचा गर्दछौ’, सभापति देउवाले भने।

‘तत्कालिन अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीलाई विश्वासको मत दिएका सरकारमा सहभागी केही दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुदा प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम पुनः विश्वासको मत लिनु परेको हो’, उनले भने।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि सोमबार विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री दाहालले अघिल्लो पटक राजनीतिक दलहरुको समर्थनमा संविधानको धारा ७६ को उपधारा (२) अनुसार  २०७९ पुस २६ गते विश्वासको मत प्राप्त गरेका थिए।

यस्तो छ सम्बोधनको पूर्णपाठ

प्रकाशित: ६ चैत्र २०७९ ०९:१५ सोमबार

शेरबहादुर देउवा