राजनीति

अराजकहरु गुफाबाट निस्किएको भन्दै प्रधानमन्त्रीले मागे एमाले र राप्रपासँग विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई फेरी पनि विश्वासको मत दिन नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विशेष आग्रह गरेका छन्।

उनले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै उक्त आग्रह गरेका हुन्। विशेष आग्रह गर्नुपूर्व प्रधानमन्त्री दाहालले आजै रोष्टमबाट नेकपा एमाले र राप्रपालाई राजनीतिक अस्थिरताको कारकका रुपमा प्रस्तुत गरेका थिए।

‘एकथरी अराजक तत्वहरुले आ–आफ्ना गुफाबाट निस्कएर नयाँ समस्याहरु पैदा गर्ने प्रयास पनि देखिएका छन्। जनतामा भ्रम सिर्जना गर्ने र लोकतान्त्रि संस्थाहरु विरुद्ध मोह भंग गराउने यदाकदा प्रयासहरु पनि देखिने गरेका छन्। देशको आर्थिक अवरुद्ध पार्ने कोशिस पनि हुन थालेका छन्। यस्तो बेला पनि हामी विभाजित भयौं भने हामी इतिहासलाई के जवाफ दिन्छौं। राष्ट्रिय सहमतीका लागि सरकारलाई विश्वासको मत दिन एमाले र राप्रपासँग विशष आग्रह गर्न चाहन्छु ’, उनले भने ।

प्रकाशित: ६ चैत्र २०७९ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App