राजनीति

एमाले र राप्रपा राजनीतिक अस्थिरता उन्मुख भएको प्रधानमन्त्री दाहालको आरोप

प्रधानमन्त्री  पुष्पकमल दाहालले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको आरोप लगाएका छन्।

उनले सोमबार प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिने क्रममा उक्त कुरा बताएका हुन्।

‘स्थिरताको प्रतिवद्धता जनाएका दुई दल अस्थिरता तर्फ उन्मूख हुनु चिन्ताको बिषय हो’, प्रधानमन्त्री दाहालले भने। उनले विगतमा यी दलहरुबीच केही मतभेद भएपनि तत्कालिन गठबन्धन घटकबीच मतभेद नआउने सहमती भएको उल्लेख गरे। ‘तर अर्को पक्षबाट सहमती अनुसारको काम भएन’, प्रधानमन्त्री दाहालले भने।

उनले दुई महिना नपुग्दै अविश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा निर्णयकर्ताहरुले नै गर्ने बताएका छन्। ‘अहिलेसम्म किन अविश्वासको मत फिर्ता लिएको भन्ने आधिकारीक भनाई आएको छैन’, प्रधानमन्त्री दाहालले भने।

उनले जनताले अविश्वासको मत दिएको र फिर्ता लिएको बिषयमा जनताका तर्फबाट पनि आफ्नो मुल्याङकन हुनेछ भन्दै विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले पहिलो पटक २६ पुस २०७९ मा  विश्वासको मत लिएका थिए।

प्रकाशित: ६ चैत्र २०७९ ०७:५७ सोमबार

पुष्पकमल दाहाल