राजनीति

प्रधानमन्त्री दाहाललाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको बताएका छन्।

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरुका बीचमा सहमति भइसकेको बताएका हुन्। उनले सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमति भइसकेको उल्लेख गरे। उनले प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको जिकिर गरे।

उनले भने ‘त्यस्तो मलाई लाग्दैन असन्तुष्टि होला भनेर। किनभने सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ। विभिन्न पार्टीहरुको बीचमा सहमति पनि भइसकेको छ। अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरुको पनि। मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरुको पनि त्यसमा विमति रहेको अवस्था छैन।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने बताए।

प्रकाशित: ५ चैत्र २०७९ १०:४६ आइतबार

माधवकुमार नेपाल