राजनीति

नवलपरासीकाे एमाले पार्टी कार्यालयमा आगजनी

नवलपरासीस्थित एमाले पार्टी कार्यालय।

नवलपरासी–नेकपा एमाले नवलपरासीको पार्टी कार्यालयमा आगलागीको प्रयास भएको छ। परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहबाट आगोलागीको प्रयास भएको बताइएको छ। मिनिरल वाटरको बोत्तलमा पेट्रोल हालेर भवनमा आयोलागीको प्रयास भएको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए ।

रातिको समयमा आगोलागि गरिएकाले कस्ले र किन आगो लगायो भन्ने बारेमा एकिन नभएको उनको भनाई छ। सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुन सक्ने संयोजक पासीले बताए। दुई तले पार्टी कार्यालय एमालेको निजी निजी भवन हो। आगोलागीबाट भवनको भुइतलाको झ्याल डढेको छ भने झयालका सिसा फुटेका छन्। च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको छ।

नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रो पटक हो । यस अघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा पनि एमालेको पार्टी कार्यालयमा तोडफोड भएको थियो भने २०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले समेत सो भवनमा आगो लगाएका थिए । सो क्रममा दुई जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए ।
 

प्रकाशित: १६ मंसिर २०७३ ०६:३२ बिहीबार

नवलपरासीकाे एमाले पार्टी कार्यालयमा आगजनी