राजनीति

अर्घाखाँची अनिश्चितकालिन बन्द, संयुक्त संषर्घ समिति गठन

सन्धिखर्कमा भएको बिरोध प्रदर्शन। तस्बिरः अर्जु भुसाल

अर्घाखाँची–  पाँच नम्बर प्रदेशलाई विखण्डन गरी सरकारले संविधान संसोधनको प्रस्तावलाई संसद सचिवालयमा दर्ता गरेपछि अनिश्चितकालिन जिल्ला बन्दको आव्हान गरिएको छ। उद्योग वाणिज्य संघ र युवा संघले  आव्हान गरेको बन्दलाई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र विभिन्न संघ संस्थाहरुले ऐेक्यवद्धता जनाएका छन्। बुधबार बन्दका कारण सवारी साधन पसल, शिक्षण संस्था उद्योगधन्दा पूर्ण रुपमा बन्द भएका छन्।

पाँच नम्बर प्रदेशलाई टुक्राइएको बिरोधमा सन्धिखर्कमा जुलुस प्रदर्शन गरिएको छ। जुलुसमा जिल्लामा क्रियाशील राजनीनिक दल, उद्योगी व्यापारी र नागरिक समाजको उल्लेख्य मात्रामा सहभागिता रहेका थियो। जुलुसपछि भएको कोणसभामा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र महासचिव नेत्र भुसालले सम्बोधन गरेका थिए। युवा संघका अध्यक्ष गोविन्द आचार्यले आन्दोलनलाई जिल्ला भित्र मात्र केन्द्रीत नगरेर सबै पहाडी जिल्ला एकै ठाउँमा भेला भइ  राजमार्ग केन्द्रीत गर्ने तयारी भएको बताए।

सरकारले जनभावना विपरित प्रदेश विभाजन गरेको भन्दै   जिल्लाका  सबै राजनीतिक दलहरु आन्दोलन गर्ने विषयमा  सहमत भएका  छन् । उनीहरुले संयुक्त संघर्ष समिति गठन गरि  आन्दोलनलाई चक्राउने निर्णय  गरेका छन् ।  नेपाली कांग्रेका सभापति विष्णु प्रसाद खनाल मुस्कानको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रका संयोजक ठाकुर कुमार विक किशोर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष भविलाल थापा, नयाँ शक्ति नेपाल पार्टीका गोकर्ण थापा, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,  पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे  रहका छन् ।  

नेपाली कांग्रेसका सभापति तथा संघर्ष समितिका संयोजक मुस्कानले पार्टी संविधान संसोधनको पक्षमा उभिएपनि आफूहको चाहाना तराइका जिल्लासँग अलग नरहने रहेको  भन्दै आन्दोलनलाई सशक्त पार्दै लैजाने बताए । नेकपा एमालेका अध्यक्ष आचार्यले आजको बन्दको आव्हान उद्योग वाणिज्य संघले गरेपनि अबको बन्दको नेतृत्व संयुक्त संघर्ष समितिले गर्ने बताए ।  नेकपा माओवादी केन्द्रका संयोजक विकले पार्टीका प्रभावशाशी नेता टोपबहादुर रायमाझीले संविधान संसोधनको बिपक्षमा  रहेकाले आफूहरु पनि रायमाझीको पक्षमा रहेको बताए ।  

 

प्रकाशित: १५ मंसिर २०७३ १४:४९ बुधबार

अर्घाखाँची अनिश्चितकालिन संयुक्त संषर्घ समिति गठन