राजनीति

संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलन घोषणा

काठमाडौं–राष्ट्रिय जनमोर्चाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर प्रकार संकट पैदा गरेको जनाएको छ।  जनमोेर्चाले संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनको घोषणासमेत गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमोर्चाले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव विरुद्ध देशव्यापी एकल र संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। ‘सरकारले १४ गते राति संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको हाम्रो पार्टीले उक्त राष्ट्रघाती र जनविरोधी प्रस्तावको विरुद्ध देशव्यापी रुपमा एकल र संयुक्त संघर्ष गर्ने ठेनाग गरेको छ,’ राष्ट्रिय जनमोर्चाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

उसले मधेसी दलको मागलाई सम्बोधनगर्ने नाममा संसदमा दर्ता गरिएको संशोधन प्रस्तावले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर प्रकारको संकट पैदा भएको जनाएको छ। राष्ट्रिय जनमोर्चाले संशोधन प्रस्तावको विरोधमा बुधबार रत्नपार्कस्थित शान्ति वाटिकामा विरोध सभा गर्ने जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७३ ०७:३५ बुधबार

संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलन घोषणा