राजनीति

प्रधानमन्त्रीले भने–मुलुक अब निर्वाचनतर्फ अघि बढ्यो

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसदमा दर्ताभएसँगै मुलुक निर्वाचनतर्फ अघि बढेको दाबी गरेका छन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नेताहरुसँग बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले मुलुक निर्वाचतर्फ अघि बढेको बताएका हुन्। 

‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो,’ उनले भने, ‘अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौं । संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो। संविधान संशोधन प्रस्तावपछि देश अब निर्वाचनको दिशामा अघि बढ्नेछ ।’

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताएका छन्। ‘एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ’, प्रधानमन्त्रीले भने। भेटमा महिला नेताहरुले संवैधानिक प्रावधान बमोजिम राज्यका निकायहरुमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १५ मंसिर २०७३ ०६:०७ बुधबार

प्रधानमन्त्रीले भने–मुलुक अब निर्वाचनतर्फ अघि बढ्यो