राजनीति

दाहाल व्यस्त भएपछि माओवादी बैठक बस्न सकेन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण नेकपा (माओवादी केन्द्र)को सोमबारका लागि तय भएको पोलिटब्युरो बैठक बस्न सकेन।

संविधान संशोधन विषय लगायतका अन्य सरकारी काममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष व्यस्त भएकाले बैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालले बताइन्।  

सोमबार उनी काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका थिए। सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष व्यस्त भएपछि बैठक मङ्गलबार बिहान ११ बजेका लागि तय गरिएको छ।  

बैठकमा संविधान संशोधन, तीनमहिने जनपरिचालन अभियान सञ्चालन तथा सरकारको काम कारबाहीका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ। रासस

 

प्रकाशित: १३ मंसिर २०७३ १३:४० सोमबार

दाहाल व्यस्त भएपछि माओवादी बैठक बस्न सकेन