राजनीति

उपराष्ट्रपति निर्वाचन: सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान

उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन्। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनीहरूले मतदान गरेका हुन्।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ। बिहान ११ बजेसम्म दुई सय २० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टी (जसपा)का रामसहायप्रसाद यादव उम्मेदवार छन्। अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। रासस

प्रकाशित: ३ चैत्र २०७९ ०६:०४ शुक्रबार

उपराष्ट्रपति पदको निर्वाचन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना