राजनीति

देउवाले भने-संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ, पारित पनि हुन्छ

 वीरगन्ज–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संसोधन प्रस्ताव पारित पनि हुने दाबी गरेका छन्।  वीरगन्जमा आइतबार बिहान नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधामन्त्रीसमेत रहेका देउवाले संविधान संशोधनमा प्रमुख प्रतिपक्ष एमालेले पनि साथ दिने विश्वास लिएको बताए।

संविधान संशोधन विना कार्यान्वयन नहुने भन्दै देउवाले तीन वटै निकायको निर्वाचन गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए। संविधान संशोधनका विषयमा एमाले अध्यक्ष केपी ओलीसँग शनिबार सकारात्मक छलफल भएको बताए। संविधान संशोधन प्रस्तावप्रति मधेसी दलको असहमतिप्रति विमति जनाउँदै देउवाले भने,‘अहिले  संविधान संशोधन मधेसी दल र जनताका माग पूरा गर्नका लागि हो।’
 

प्रकाशित: १२ मंसिर २०७३ ०४:५१ आइतबार

देउवाले भने-संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ पारित हुन्छ