राजनीति

साधारण सदस्य नरहने गरी नयाँ शक्तिबाट खड्का निष्काशित

धनगढी– नयाँ शक्ति पार्टी नेपालका प्रादेशिक परिषद् सदस्य दीपकबहादुर खड्कालाई दलको जिम्मेवारीबाट हटाइएको छ।

गत असोजदेखि सम्पर्कमा नरहेका खड्काले पार्टीको हित विपरीत काम गरेको र बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरी फरार रहेकाले दलको साधारण सदस्य नरहने गरी निजलाई सम्पूर्ण

जिम्मेवारीबाट हटाउनुपरेको नयाँ शक्ति ७ नं प्रदेशका संयोजक लीला भण्डारीद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ। रासस

प्रकाशित: ७ मंसिर २०७३ ०५:३९ मंगलबार

साधारण सदस्य नरहने गरी शक्तिबाट खड्का निष्काशित