राजनीति

लोकमानबारे प्रश्न सोध्दा झोँक्किए काँग्रेस नेता पाैडेल (भिडियो)

राैतहट-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले राष्ट्रिय मुद्दा अोझेल पार्न लोकमानविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्। कांग्रेससँग परामर्श नगरि, थाहै नदिइ एमाले र माअोवादीले महाअभियोग दर्ता गराएका भन्दै कांग्रेस वादी वा प्रतिवादी नभएर न्यायाधीश हुने बताएका छन्।

रौतहटको सदरमुकाम गौर स्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्म्मेलनमा नेता पाैडेलले कसैको नाममा अख्तियार कमजोर गराउन नहुने बताए। 
पाैडेलको तर्क थियो– ‘कांग्रेससँग परामर्श गरेर महाअभियोगको अाैचित्य, आवश्यकता पुष्टि गर्न सकिन्थ्यो, त्यसो नगरि महाअभियोग दर्ता भयो।’

लोकमानबारे पत्रकारले जिज्ञासा राख्दा पाैडेलले झोँक्किएर भने ‘अरू कुरा सोध्नु छ भने सोध्नुस् हैन भने जानुस्।’

हेर्नुस् भिडियोः

भिडियोः मदन ठाकुर

प्रकाशित: ५ मंसिर २०७३ ०४:१० आइतबार

लोकमानबारे प्रश्न सोध्दा झोँक्किए काँग्रेस नेता पाैडेल भिडियो