राजनीति

उपराष्ट्रपतिमा चार जनाकै उम्मेदवारी कायम

उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ।

उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादवको उम्मेदवारी परेको छ।  

रामसाहायको उम्मेदवारी कायम भएपछि प्रमिलाको उम्मेदवारी फिर्ता गराउन जसपा नेताहरुको बैठक सिंहदरबारमा बसे पनि निर्णय लिन सकेन। बैठक बस्दा बस्दै उम्मेदवारी फिर्ता लिने समय सकिएको हो।

त्यस्तै उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झा र नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवारी रहेको छ।

प्रकाशित: २८ फाल्गुन २०७९ ११:०३ आइतबार

उपराष्ट्रपति