राजनीति

संविधान संशोधन गर्न सकिए पनि व्यवहारमा कठिनाईः नेता ज्ञवाली

पाल्पा–सिद्धान्तत संविधान संशोधन गर्न सकिने भए पनि वर्तमान नेपालको परिवेशमा संविधान संशोधन गर्न कठिनाई रहेको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन्। ‘अंगीकृत नागरिकता, सीमांकन र भाषाका विषयमा कुनै पनि कुरा संशोधन गर्न नेकपा एमाले तयार छैन,’ उनले भने।

शनिबार पाल्पाको तानसेनमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले चाहना, माग, आवश्यकता र औचित्यलाई पुष्टि नगरी नेपाली जनतालाई गम्भिर घात पुग्ने गरि संविधान संशोधन गर्न नसकिने बताए ।

‘राज्यका उच्च नौ तहमा अंगीकृत नागरिकहरु वञ्चित गरिएको छ । तराईका भूमिपुत्रहरु त्यसको खेलाडी बनिरहेका छन्,’ उनले भने, ‘अहिले पनि राज्यका उच्च तहमा पुग्न अंगीकृतलाई वञ्चित गरेको छ, पर्दा पछाडिका गतिविधिहरुले विदेशीलाई स्थापित गरि नेपालीलाई पछाडी पार्ने काम हुने भएकोले त्यसका लागि एमाले तयार छैन,’।  ‘पाँच नम्बर प्रदेश टुक्राउने र खिचडी बनाउने माग कसैको होइन । सर्लाही, सुनसरी र सप्तरीमा चुनाव हारेकाहरुलाई कसैले प्रदेश टुक्राउन अधिकार दिएको छैन,’उनले भने ।

चार महिनामा सरकारको क्रियाकलाप तीन तहको चुनाव गर्नमा केन्द्रित भएन। सरकारका क्रियाकलापले मुलुक गम्भीर समस्यामा फस्दैछ, नेता ज्ञवालीले भने । ‘प्रचण्ड प्रधानमन्त्री बन्नका लागि गरिएका कपाली तमसुक अनुसार देश अगाडी बढ्न सक्दैन,’ उनले भने, ‘अविलम्ब चुनावको वातावरण बनाउन सरकार लागि पर्नुपर्छ।’    

 

प्रकाशित: ४ मंसिर २०७३ ०५:२५ शनिबार

संविधान संशोधन गर्न सकिए व्यवहारमा कठिनाईः नेता ज्ञवाली