राजनीति

सबैलाई समेटेर संविधान संशोधन हुन्छ: सभापति देउवा

डडेल्धुरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी सहित सबै मधेसी दलहरुकै सहमतिमा संविधान संशोधन हुने बताएका छन्।

कांग्रेस सभापति भएपछि पहिलो पटक गृह जिल्ला पुगेका देउवालाई नागरिक समाजले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले प्रतिपक्ष दल र मधेसी मिलाएर संविधान संशोधन हुने दाबी गरे। सबै बिषयमा सबैको सहमति नभए पनि मुलभुत बिषयमा सहमति गराएर संविधान संशोसन हुने उनको भनाई थियो।  

सरकारले सबै दलहरुसँग पहिलो चरणको कुराकानी गरिसकेको र प्रारम्भीक चरणको छलफलमा सबै पक्ष सहमति नजिक भएको उनले बताए।  

संविधान संशोसन नगरे संविधान कार्यान्वयन गर्न समस्या हुने देउवाले बताए। सभापति देउवाले जुनसुकै हालतमा पनि सुदूरपश्चिमका ९ वटै जिल्ला एक प्रदेश कायम रहने बताए। हिमाल, पहाड र तराईको भुमि मिलेरको र यहाँको सबै भेषभुषा मेलखाने भएका कारण अखण्ड सुदूरपश्चिम कायम हुने उनले बताए।

प्रकाशित: ३ मंसिर २०७३ ११:१८ शुक्रबार

सबैलाई समेटेर संविधान संशोधन हुन्छ सभापति देउवा