राजनीति

नाउपाकी रञ्जिताको उमेर नपुगेपछि जनमतकी ममतालाई उपराष्ट्रपति बनाउने निर्णय

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ।

नागरिक उन्मूक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको थियो। नाउपाकी अध्यक्ष रञ्जिताको उपराष्ट्रपतिमा उमेर नपुगेपछि जनमतले ममता झालाई राष्ट्रपति बनाउने निर्णय गरेको हो।

शुक्रबार दिउँसो बसेको केन्द्रिय कार्यकारीणी समितिको बैठकले झालाई उपराष्ट्रपति उम्मेदवारी बनाउने निर्णय गरेको पार्टीका केन्द्रिय सदस्य वीपी साहले बताए।  

यसअघि सत्ता गठबन्धनले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपनि गठबन्धनभित्रकै अन्य दलहरुले पनि अहिले उपराष्ट्रपतिमा दाबी गरिरहेका छन्।  

उपराष्ट्रपतिको मनोनयन दर्ता भोलि हुँदै छ।  

प्रकाशित: २६ फाल्गुन २०७९ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App