राजनीति

उपराष्ट्रपति बन्न रञ्जिताको पुगेन उमेर,विकल्पमा नाउपाले पुन: छलफल गर्ने

फाइल तस्बिर

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन्।

पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरुलाई संवैधानिक व्यवस्थाको बारेमा थाहा नभएको र विकल्पको बारेमा पार्टीभित्र पुन: छलफल गर्ने बताएका छन्।

शुक्रबार बिहान मात्र नागरिक उन्मुक्ति पार्टीले पार्टीकी अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ।

उपराष्ट्रपतिको उमेदवारी दर्ता शनिबार (भोलि) हुँदै छ ।

प्रकाशित: २६ फाल्गुन २०७९ ०७:४७ शुक्रबार

रञ्जिता श्रेष्ठ