निर्वाचन आयोगले उपराष्ट्रपतिमा फरक लिङ र समुदायलाइ उम्मेदवारी दर्ता गर्न आह्वान गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दल सचिवालयले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
नाउपाका केन्द्रिय सदस्य रमेश विकले शुक्रबार बिहान निर्णय भएको जानकारी दिएका हुन। ‘निर्वाचन आयोगको आव्हानलाई मध्यनगर राखेर पार्टीको संसदीय सचिवालयले आज बिहान निर्णय गरेको हो’, उनले नागरिकन्यूजसँग भने।
विकले सत्तारुढ आठ राजनीतिक दलको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार दाबी गर्दै आफ्नो पार्टी आठ दलसँग वार्ता गर्न जान लागेको जानकारी पनि दिए।
यसअघि आठ दलले उपराष्ट्रपति जसपालाई दिने निर्णय गरेको थियो । त्यही अनुसार जसपाले उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादवलाई उठाउने बिहीबार मात्र निर्णय गरेको थियो।
उपराष्ट्रपतिको उमेदवारी दर्ता शनिबार (भोलि) हुँदै छ ।
प्रकाशित: २६ फाल्गुन २०७९ ०७:२९ शुक्रबार