राजनीति

लोकमानविरुद्वको महाअभियोग सफल हुन्छ: नेता नेपाल

रौतहट- नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले लोकमानसिंह कार्की विरुद्ध सदनमा दर्ता भएको अविश्वासको प्रस्ताव पास हुने दाबी गरेका छन्।

रौतहटको सदरमुकाम गौरमा मंगलवार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनोट गर्न गृह जिल्ला आएका नेता नेपालले लोकमानसिंह कार्की माथि लगाइएको महाअभियोग पास भएर सफलता प्राप्त हुने बताए। नेपाली काँग्रेस उक्त प्रस्ताव पारित गराउन खुट्टा कमाएकोले नेपाली जनताले खबरदारी गरी रहेको र पछि हटेमा कांग्रेसमाथि विश्वास गर्ने कि नगर्ने भन्ने प्रश्न चिन्ह खडा भएको बताए।

“महाअभियोग दर्ता को कुरामा एमाले प्रष्ट छ। एमाओवादीसँगको साथमा महाअभियोग दर्ता भए पनि काग्रेंसका केही नेताको पनि साथ छ।” नेता नेपाल ले भने “काग्रेंसले किन खुट्टा कमाएको हो भन्ने गम्भीर शंका लागेको छ।” महाअभियोग लगाउने पक्षमा काग्रेंसका कतिपय नेता सकारात्कम भए पनि हच्कीएको देख्दा काग्रेंसको मिलेमतो हुन सक्ने नेता नेपालले शंका व्यक्त गरे।

बर्तमान सरकारमा सहभागि दलहरुले सबैको चित्त बुझाएर मात्रै संविधान संशोधन गरिए मात्रै सफलता प्राप्त हुन सक्ने बताउँदै बरिष्ठ नेता नेपालले मुलुकलाई एक्ताबद्ध राख्नका लागि सबैलाई मिलाएर मात्रै संविधान संशोधनको प्रस्ताव अगाडी बढाउनु पर्छ नत्र भने देश विखण्डन तर्फ धकेलिने बताए।

मधेसी मोर्चालाई चित्त बुझाउनका लागि दुई वटा प्रस्ताव आईसकेको तर केही व्यक्तिहरु आवश्यक्ता भन्दा बढी राजनीति गर्न खोजिरहेको आरोप लगाए।

लिम्बुवानमा समस्या छैन, केही व्यक्तिमा मात्रै समस्या रहेको चर्चा गर्दै मधेसमा कुनै समस्या छैन मधेसवादी नेतामा मात्रै समस्या रहेको आरोप उनले लगाए।

प्रकाशित: ३० कार्तिक २०७३ १२:४६ मंगलबार

लोकमानविरुद्वको महाअभियोग सफल हुन्छ नेता नेपाल