राजनीति

पत्रकार सम्मेलन र संयुक्त अन्तरक्रिया गर्ने माओवादी धारका नेताहरुको निर्णय

माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७९ ०३:५० शुक्रबार