राजनीति

राष्ट्रपति निर्वाचनपछि देशमा राजनीतिक स्थिरता

फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

बुधबार खोटाङको हलेसीमा आयोजित ‘११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को उद्घाटन गर्दै नेतृ झाँक्रीले बिहीबार हुने राष्ट्रपति निर्वाचनपछि देशको राजनीतिले स्थिरता पाउने बताएकी हुन्।

हलेसी तुवाचुङ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले वर्तमान राजनीतिक अवस्था अस्थिर र अन्योलपूर्ण रहेको स्वीकार्दै राष्ट्रपति चुनावपछि यस्तै नरहने बताइन्। ‘अहिले जुन खाले अस्थिर र अन्योलपूर्ण राजनीतिक परिस्थिति छ त्यो सधैं रहिरहँदैन र रहिरहन दिनु पनि हुन्न,’ उनको भनाइ थियो, ‘भोलि हुने राष्ट्रपति चुनावपछि यो अस्थिरताको अन्त्य भएर स्थिर राजनीतिक कोर्ष सुरु हुन्छ, बनाउनु पर्छ।’

अहिलेको अस्थिर राजनीतिका कारण जनताले सुशासनको अनुभूति गर्नै नपाएको उनको भनाइ थियो।

प्रकाशित: २६ फाल्गुन २०७९ ०१:३८ शुक्रबार

देशमा राजनीतिक स्थिरता राष्ट्रपति चुनावपछि