राजनीति

प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्छ: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनयुद्धका बेला पाँच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने बताएका छन्।

११३ औ‌ँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्व्वप कलेज शारदा क्याम्पस र ख्वप स्कुल अफ लले मंगलबार गरेको प्रवचन कार्यक्रममा हाकाहाकी मानिस मारेको हो भनेर स्वीकार गर्नै व्यक्तिलाई कानुनको दायरमा ल्याई कारबाही चलाउनुपर्ने भनाई राखे।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका क्रममा मारिएका १३ हजार नागरिकमध्ये पाँच हजारको जिम्मा आफूले लिने २०७६ सालमा राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा स्वीकारेका थिए। अहिले यही प्रसङ्गमा पीडितहरूले उनीमाथि कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७९ १४:०८ बुधबार

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल