काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र बीच भेटवार्ता भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु स्थित बस्नेत निवासमा नेता बस्नेत र मेयर शाहबीच भेटवार्ता भएको हो।
नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो। असमझदारी सकिएको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्नेबारे कुराकानी भएको बताइएको छ।
पछिल्लो समय नेता बस्नेत मेयर शाहको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आएको थिए। महानगरको हरेक एक्सनमा उनले प्रश्न उठाउँदै आएका थिए।
प्रकाशित: २४ फाल्गुन २०७९ ११:०९ बुधबार