राजनीति

परामर्श नगरेर अाएको महाभियोग गलतः कमल थापा

तिलोत्तमा (रुपन्देही)-राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकमान प्रकरणबारे टिप्पणी गर्दै ’महत्वपूर्ण विषयमा दलसँग परामर्श नगर्नु गलत भएको’ बताएका छन् । उनले आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिने बताए ।

सरकारले गर्न लागेको संविधान संशोधनमा पार्टीले रचनात्मक सहयोग गर्ने थापाको भनाइ छ ।

उनले संविधान संशोधनमा ढिलाइ गर्दा थप जटिलता आउने भएकाले छिटो उक्त प्रक्रियामा जानुपर्ने बताए ।

रिपोटर्स क्लब लुम्बिनीद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधनका क्रममा हिन्दूराज्य कायम गर्न संसदमा संशोधन प्रस्ताव आफ्नो पार्टीले पेस गर्ने जानकारी दिए । अध्यक्ष थापाले राजनीतिक दल सत्ताखेलमा लागेका कारण संविधान कार्यान्वयन र निर्वाचनमा आशङ्का उत्पन्न भएको विचार व्यक्त गरे ।

मधेसका समस्या चाँडो समाधान गर्न नसके संविधान कार्यान्वयनमा कठिनाइ हुने थापाको भनाइ थियो । रासस

प्रकाशित: २७ कार्तिक २०७३ ०८:१३ शनिबार

परामर्श नगरेर अाएको महाभियोग गलतः कमल थापा