राजनीति

राष्ट्रपति निर्वाचनमा नेमकिपाको मत एमसीसी खारेज गर्न भूमिका खेल्ने प्रतिवद्धता जनाउनेलाई

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको निर्वाचनमा पार्टीको मत एमसीसी खारेज गर्नमा भूमिका खेल्न प्रतिवद्धता जनाउने उम्मेदवारलाई हुने बताएका छन्।

भक्तपुर ट्रक व्यवसायी प्रालिको आयोजनामा चालक परिचालकहरुलाई टाफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रमको मंगलबार उद्घाटन गर्दै उनले यसका लागि राष्ट्रपतिका दुवै उम्मेदवारहरुलाई यसबारे पत्र पठाइसकेको जनाए।  

माओवादी केन्द्र लगायतका समर्थनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रामचन्द्र पौडेल र एमालेबाट उम्मेदबार बनेका सुवास नेम्वाग दुवैलाई यही व्यहोराको चिठी बताएको उनले बताए।

राष्ट्रपतिका उम्मेदवारहरुले भोट माग्ने मात्रै नभई प्रतिवद्धता आवश्यक भएको बताए। दुवै राष्ट्रपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिडेको तर प्रतिवद्धता कुनै नआएको भन्दै उनले दु:ख व्यक्त गरे।

राष्ट्रपति पद कार्यकारी मात्रै नभई जिम्मेवारी सहितको बलियो संस्था भएको भन्दै राष्ट्रपति प्रधानमन्त्री भनेको देशको चालक भएको बताए। त्यसकारण देशभक्त राष्ट्रपति निर्वाचित भए देशलाई जोगाउन सक्ने उनले बताए।  

प्रकाशित: २३ फाल्गुन २०७९ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App