राजनीति

अमेरिकी चुनावको सरगर्मी नेपालमा

नमूना मतदानमा भाग लिँदै एमाले युवा नेता योगेश भट्टराइ। तस्बिरः केशव थोकर

काठमाडाैं-कमलादीस्थित अमेरिकी राजदूत निवासमा नमूना मतदान गरिएको छ। अमेरिकामा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएर मत गणना जारी रहँदा काठमाडौंमा नमूना मतदानको कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सभामुख ओनसरी घर्तीमगर, निर्वाचन प्रमुख आयुक्त निलकण्ठ उप्रेती, नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराई, अनेरास्ववियूकी अध्यक्ष नविना लामा, नेविसंघ अध्यक्ष नैनसिंह महर, सिआईबी प्रमुख नवराज सिलवाल लगायत राजनीति, व्यवसायी, पत्रकार सहित अन्य मुलुकका कुटनीतिज्ञहरुको उपस्थिति थियो।

मतदान कार्यक्रममा राष्ट्रपतिका उम्मेदवार हिलारी र ट्रम्पको पोस्टर राखिएको थियो। झकिझकाउ कार्यक्रम सानोतिनो पार्टीजस्तै थियो। उपस्थित व्यक्तिहरुले अमेरिकामा भएको मत गणनाको टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरेका थिए।
 

हेराैं तस्बिरः सबै तस्बिरः केशव थोकर/नागरिक

अमेरिकी चुनावको सरगर्मी नेपालमा