मलेखु (धादिङ)-नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारको संविधान संशोधन र निर्वाचन गराउनु दुईवटा मुख्य काम भएकाले यसैमा लागिपरेको बताएका छन्।
संविधान संशोधनअन्तर्गत नागरिकताको, प्रदेश सीमाङ्कन, भाषा र राष्ट्रिय सभाको गठनसम्बन्धी विषय भएकाले सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने उनले बताए।
संविधान संशोधनअन्तर्गत नागरिकताको सवाललाई अन्तरिम संविधानअनुसार टुङ्गो लगाउने गरी प्रस्ताव गरिने बुधबार धादिङमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले उल्लेख गरे।
उपप्रधानमन्त्री निधिले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई जनताका काम तत्काल गर्न निर्देशन दिए। राससप्रकाशित: २४ कार्तिक २०७३ ०५:५९ बुधबार