राजनीति

पाँच नम्बर प्रदेश टुक्र्याए भयावह अवस्था आउने एमाले चेतावनी

काठमाडौं–सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गर्ने गरी संविधान संशोधन प्रस्ताव तयार पारेको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको छ। सोमबार र मंगलबार  बुटबलमा चलेको एमाले पाँच नम्बर प्रदेशको पहिलो बैठकले पाँच नम्बर प्रदेश विभाजन गरे त्यसले गम्भीर रुप लिने चेतावनी दिएको हो।

बैठकले पाँच नम्बर प्रदेशबाट कुनै पनि जिल्ला निकाल्ने काम एमालेकालागि सैह्य नहुने बैठकले निर्णय गरेको नेता ठाकुर गैरेले जानकारी दिए। ‘पाँच नम्बर प्रदेशको पहिलो  बैठकले पाँच नम्बर प्रदेश कुनै पनि हालतमा विभाजन गर्न नदिने निर्णय गरेको छ,’ गैरेले भने,‘पाँच नम्बर प्रदेश विभाजन रोक्न जस्तोसुकै कदम चाल्न बाध्य हुने निर्णय गरेको छ।’

एमालेले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला झिक्ने विषय जनताको स्वाभिमानसँग  जोडिएको भन्दै पाँच नम्बर प्रदेशबाट पहाडि जिल्ला झिक्ने काम कुनै पनि हालतमा स्विकार्य नहुने जनाएको छ। एमालेले विदेशीको स्वार्थमा पहाड र तराइ मिलेर बनेको प्रदेश टुक्र्याउने खेल भए त्यसले भयावह अवस्था आउने चेतावनी एमालेले दिएको छ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०७:५८ मंगलबार

नम्बर प्रदेश टुक्र्याए भयावह अवस्था आउने एमाले चेतावनी