राजनीति

गठबन्धन धरापमा पर्ने डरले मन्त्रीमण्डल पुर्नगठन र विश्वास मत पछि सार्दै प्रधानमन्त्री दाहाल

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला आठ दलको सत्तागठबन्धन जोगाएर राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने रणनीतिमा लागेका छन्।

उनले आठ दलिय गठबन्धन धराप र राष्ट्रपति निर्वाचनको परिणाम तलमाथि हुन सक्ने डरले दुई वटा काम पछिलाई सारेका छन्। एउटा मन्त्रीमण्डलको पुनर्गंगठन र अर्को विश्वासको मत लिने काम पछाडी धलेकिरहेका छन्। यी दुवै काम आगामी २५ गते हुने भनिएको राष्ट्रपतिको निर्वाचन पछि गर्ने भएका छन्।  

प्रधानमन्त्री दाहालका काँधमा यतिखेर १६ वटा मन्त्रालयको भारी छ। तर पनि उनी राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार पुनर्गठनको तयारीमा छन्। उनी मन्त्रिपरिषद् विस्तार तुरुन्तै हुन्छ भन्छन तर गर्दैनन। यसका लागि राष्ट्रपतिको निर्वाचन नै कुरिरहेका छन्। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। 

राष्ट्रपति निर्वाचनअघि नै सरकार विस्तारका लागि निर्वाचन आयोगले स्वीकृति दिने तयारी गरे पनि प्रधानमन्त्री दाहालले सरकार पुनर्गठन त्यसअगाडि नहुने संकेत गरेका छन्। उनले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचनपछि नै लिन खोजेका छन्।

प्रकाशित: २१ फाल्गुन २०७९ १०:२३ आइतबार

पुष्पकमल दाहाल