राजनीति

माओवादीहरु एकजुट भएर जनतालाई सडकमा उर्तानुपर्छ: प्रधानमन्त्री दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीहरु एकजुट भएर जनतालाई सडकमा उर्तानुपर्ने बताएका छन्।  

उनले आइतबार आयोजित ‘जनयुद्ध सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वले खेल्नुपर्ने भूमिका’ कार्यक्रममा प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्न थालेको उल्लेख गर्दै उक्त कुरा बताएका हुन।  

‘माओवादीहरु एकजुट भएर जनता सडकमा उतार्ने हो भने माओवादीले सुरु गरेको यात्रा नयाँ ढंगले अघि बढ्छ। म यस बिषयमा विश्वास गर्छु र त्यसका लागि अपिल गर्छु’, प्रधानमन्त्री दाहालले भने, ‘माओवादीहरु एक ठाँउमा उभिएर जनतालाई सम्बोधन गरेको दिन फेरी विजयीको नयाँ दिन हुनेछ।’

उनले प्रधानमन्त्री भएका कारण आफुले धेरै कुरा भन्न संभव नभएको पनि बताए।  

‘केही चिज सुरु गरिएको छ। हामी कमजोर भएको होइन’, प्रधानमन्त्री दाहालले भने। उनले माओवादीहरुबीच  एकता हुनुपर्छ भन्ने कुरा आत्मबोध हुनुनै महत्वपूर्ण कुरा भएको उल्लेख गरे। साथै दाहालले अहिलेको आवश्यकता पनि माओवादीहरु एकतावद्ध भएर अघि बढनु नै रहेको उल्लेख गरे।

प्रकाशित: २१ फाल्गुन २०७९ ०८:११ आइतबार

पुष्पकमल दाहाल