राजनीति

नयाँ चिनियाँ राजदूत यू काठमाडौं अाइपुगिन्

नयाँ चिनियाँ राजदूत यू होङ

काठमाडौं—नयाँ चिनियाँ राजदूत यू होङ सोमबार आफ्नो पदभार ग्रहण गर्न सोमबार काठमाडौं आइपुगेकी छिन्। चीनले नेपालमा १९५५ मा दूताबास स्थापना गरेयता काठमाडौँ आउने यू २० अाैं चिनियाँ राजदूत हुन्।

सन् १९८८ मा सहचारीका रूपमा कुटनीतिक करिअर थालेकी उनले चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स विभागको महानिर्देशक, एसिया मामिला विभागको तृतीय सचिवको रूपमा काम गरिसकेकी छिन्।

२०१३ मार्चमा राजदूत बनेर आएका चिनियाँ राजदूत वु चुन्ताईलाई विस्तापित गर्ने उनी एशिया मामिला र आर्थिक कुटनीतिमा दक्खल राख्छिन्। नेपाल आउनु अघि उनी इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत थिइन्। नर्वे, दक्षिण अफ्रिकाको केप टाउन मिसन हुँदै दुई वर्षदेखि उनी इण्डोनेसियाको सुरबयाको महावाणिज्यदूत थिइन।

सन् १९८८ मा सहचारीका रूपमा कुटनीतिक करिअर थालेकी उनले चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स विभागको महानिर्देशक, एसिया मामिला विभागको तृतीय सचिवको रूपमा काम गरिसकेकी छिन्।

चीनले नेपालसँग आर्थिक साझेदारी र परियोजना बढाउँदै गएको अवस्थामा आर्थिक कुटनीतिमा दक्खल भएकी यू काठमाडौं आएकी हुन्।

प्रकाशित: २२ कार्तिक २०७३ ०९:४० सोमबार

चिनियाँ राजदूत यू काठमाडौं अाइपुगिन्