राजनीति

अङ्गीकृतलाई राज्यको मुख्य पद दिने प्रस्तावको विरोध

माइतिघरमा विरोधमा उत्रिएकाहरु। तस्बिर: प्रविन कोइराला

काठमाडौं- अङ्गीकृत नागरिकलाई राज्यको प्रमुख पद दिने प्रस्ताव राखेर सरकारले संविधान संशोधनको तयारी गरेको भन्दै युवाहरु विरोधमा उत्रीएका छन्।

सामाजीक संजाल फेसबुकमा रहेका विभिन्न समूहले सरकारले अंङ्गीकृत नागरिकलाई राज्यको प्रमुख पद दिने प्रस्ताव राखेर संविधान संसोधनको तयारी गरेपछि उक्त निर्णय फिर्ता लिनु पर्ने माग राख्दै युवाहरु विरोधमा उत्रीएका हुन्।

सामाजीक संजालमा सक्रिय युवाहरुले आइतबार राजधानीको माइतीघर मण्डलामा भेला भई  सरकारले ल्याउन लागेको प्रस्ताव फिर्ताको माग गरे।

'सरकारले  अंङ्गीकृत नागरिकलाई राज्यको प्रमुख पद दिने प्रस्ताब सहितको संविधान संसोधनको तयारी गरेको खबर पत्रपत्रिकामा आएपछि हामी खबरदारीका लागि विरोधमा उत्रीएका हौ', विरोधमा सहभागी विक्रम केसीले भने।  

अङ्गीकृत नागरिकलाई प्रमुख पद दिने प्रस्ताव राखेर सरकारले संविधान संशोधनको तयारी  थालेसँगै यस विषयमा बहस सुरु भएको छ। अङ्गीकृतले राज्यका प्रमुख पद पाउनुपर्ने माग गर्दै आएका मधेसवादी दलहरुले वर्तमान संविधानले अङ्गीकृत नागरिकलाई अन्तरिम संविधान २०६३ ले दिएको अधिकार समेत खोसेको आरोप लगाउँदै आएका छन्।

प्रकाशित: २१ कार्तिक २०७३ १०:२७ आइतबार

अङ्गीकृतलाई राज्यको मुख्य पद दिने प्रस्तावको विरोध