राजनीति

गाेर्खा सैनिक फिर्ताकाे मागसहित प्रर्दशन थालेका विप्लवका कार्यकर्ता नियन्त्रणमा

काठमाडाैं– नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विराेध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका करिब १५ जना कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे उक्त पार्टीले जनाएकाे छ।

रत्नपार्ककाे शान्ति वाटिकाबाट विराेध प्रदर्शनसहित लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन जानलाग्दा प्रहरीले उनीहरूलार्इ नियन्त्रणमा लिएकाे विप्लप माअाेवादीका जनस्वयंसेवक प्रमुख झकबहादुर मल्लले बताए।

'रत्नपार्कबाट विराेध र्याली निकाल्न लाग्दै गर्दा हाम्रा करिब १५ जना साथीहरूलार्इ प्रहरीले दमन गरेर नियन्त्रणमा लिएकाे छ,' उनले भने, 'गाेर्खा रेजिमेन्टका भारतीय सेनालार्इ दाेस्राे दर्जाकाे सेनाकाे जस्ताे व्यवहार गरेर भारतले पाकिस्तानसँगकाे लडाँइकाे अग्र माेर्चामा खटाएकाे छ। लडाईंमा नेपाली विमल तामाङ जस्ता सेनाकाे शवसमेत परिवारलार्इ बुझाउन अानाकानि गरिरहेकाे छ। र, नेपालमाथि हुँदै अाएकाे निरन्तरकाे हस्तक्षेपकाे हामीले बिराेध गरेका हाैं।

गोर्खा रेजिमेन्टका नाममा नेपाली युवालार्इ भारतीय सेनामा भर्ना गर्न बन्द गर्नुपर्ने र कार्यरत गाेर्खा सेना फिर्ता गर्नु पर्ने अाफूहरूकाे माग रहेकाे उनले बताए।

 कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरानका विमल तामाङको मृत्यु भएको थियो ।

 

प्रकाशित: १९ कार्तिक २०७३ ०६:४४ शुक्रबार

गाेर्खा सैनिक फिर्ताकाे मागसहित प्रर्दशन थालेका विप्लवका कार्यकर्ता नियन्त्रणमा