राजनीति

भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडाैं विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधि प्रदान गर्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौँ-भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडाैं  विश्वविद्यालयद्वारा प्रदान गरिएको महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन्।
नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिद्वारा विभूषित गरेका हुन्।

काठमाडौँ विश्वविद्यालयद्वारा आज आर्मीअफिसर्स क्लबमा आयोजित सो विशेष दीक्षान्त समारोहमा शिक्षामन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति धनिराम पौडेल, सोही विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।  सो समारोहमा मन्त्रिगण, नेपालका लागि भारतका राजदूत रणजीत राय, राष्ट्रपति मुखर्जीका भ्रमणमा रहनुभएका सदस्य समेत सो विशेष कार्यक्रममा सहभागी थिए। रासस

प्रकाशित: १८ कार्तिक २०७३ ०८:१६ बिहीबार

भारतीय राष्ट्रपति मुखर्जीलाई महाविद्यावारिधि प्रदान