राजनीति

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छिन्।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी हुन्।

ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्नको सुखद् अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति ले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताएकी हुन्।

दोलखा जिल्लाको विकासका लागि डाँङडुगे डाँडामा अन्तर्राष्टियस्तरको फिल्म सिटी बन्ने घोषणा भएको तर काम तदारुपताका साथ अघि नबढेकाले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारी आग्रह गरिन्।

पवित्र धार्मिकस्थल भीमेश्वर महादेवकोे दर्शनपछि दोलखा सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रमलाई उनले सम्बोधन गरेकी हुन्। जिल्लामा ४५ वर्षअघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो। रासस

प्रकाशित: १८ फाल्गुन २०७९ ११:०९ बिहीबार

विद्यादेवी भण्डारी