राजनीति

नेकपा एसको कार्यालयमै पुगेर नेपालसँग भोट मागे नेम्वाङले

राष्ट्रपतिमा उम्मेदवार रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ  नेकपा एसको कार्यालय पुगेका छन्। दलका अन्य नेताहरुसहित पार्टी कार्यालय पुगेका नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत दिन एसका अध्यक्ष माधव कुमार नेपालसँग आग्रह गरेको बुझिएको छ।

नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका हुन् । 

प्रकाशित: १८ फाल्गुन २०७९ ०६:१५ बिहीबार