राजनीति

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन्।  

बुधबार अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आइयुसिएन० का महानिर्देशक डा. ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालले जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे। नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आइयुसिएन०को सदस्य राष्ट्र रहेको छ।

प्रकाशित: १७ फाल्गुन २०७९ १२:३९ बुधबार

पुष्पकमल दाहाल