राजनीति

उपाध्याय र पौड्याल राजदूत नियुक्त

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ निवासी दीपकुमार उपाध्यायलाई गणतन्त्र भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

त्यसैगरी गुल्मी बलेटक्सारका लीलामणि पौड्याललाई जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूतमा नियुक्त गरेकी हुन्। राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १३ कार्तिक २०७३ १२:४४ शनिबार

उपाध्याय पौड्याल राजदूत