राजनीति

राजनीतिक परिस्थितिका कारण पौड्यालको जेनेभा भ्रमण रोकेको हो: सरकारकी प्रवक्ता शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले राजनीतिक परिस्थितिका कारण तत्कालिन परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालको जेनेभा भ्रमण स्थगित भएको जनाएकी छिन्।

मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन तत्कालिन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल जान नसकेको बताएकी हुन्।  

सो कार्यक्रमको प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रुपमा नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानूनमन्त्री गोविन्द प्रसाद शर्मा कोईरालालाई पठाइएको उनले बताइन्। 

प्रकाशित: १६ फाल्गुन २०७९ ११:३२ मंगलबार

डा. विमला राई पौड्याल