राजनीति

महाअभियोग पारित गर्न सांसदलाई एसएमएस

पाल्पा-गत बुधबार व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सांसदहरूकाे सर्मथन जुटाउन पाल्पामा दवाव अभियान थालिएको छ। जिल्लाका नागरिक तहका संघ संस्थाले विज्ञप्ति, एसएमएस र हस्ताक्षर अभियानमार्फत प्रस्तावको स्वागत गर्दै सांसदहरूलाई खबरदारी गरेका छन्।

पाल्पामा क्रियाशिल नौ संस्थाका प्रमुखले विज्ञप्तीमार्फत महाअभियोग दर्ता हुनु सकारात्मक भन्दै लोकतन्त्रको राम्रो अभ्यास भएकोमा खुसी व्यक्त गरेका छन्। सांसदहरुले महाअभियोग पारित गर्नका लागि भुमिका खेल्न पनि उनीहरुले आग्रह गरेका छन्।

‘माननीय संसदज्यू, लोकतन्त्रको सम्मान गरौं। महाअभियोगको प्रस्ताव पारित गर्न तपाईको महत्वपूर्ण भुमिका नभुलौं।’ लेखिएको एसएमएस सांसदहरुलाई पठाउने अभियान चलेको छ।

‘आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर सांसदहरुले लोकतन्त्रको रक्षा एवं बाह्य हस्तक्षेपको विरुद्ध प्रतिवाद गर्ने विश्वास छ।’ विज्ञप्तिमा उल्लेख छ।

सांसदलाई एसएमएसः

संसदहरूलाई एसएमएस पठाएर खबरदारी गर्न नागरिक अगुवाहरू जुटेका छन्। ‘माननीय संसदज्यू, लोकतन्त्रको सम्मान गरौं। महाअभियोगको प्रस्ताव पारित गर्न तपाईको महत्वपूर्ण भुमिका नभुलौं।’ लेखिएको एसएमएस सांसदहरुलाई पठाउने अभियान चलेको छ।

महाअभियोग पारित गर्न दवाव दिन हस्ताक्षर संकलन पनि थालिएको छ।

नागरिक समाज पाल्पा, नेपाल बार एशोसियसन, मानवअधिकार एलाईन्स, मानवअधिकार तथा शान्ति समाज, नेपाल नागरिक समाज, काहुराष्ट्र नेपाल, सचेत नागरिक समूह, जनअधिकार नेपाल, र लोकतन्त्र र निर्वाचन पर्यवेक्षण संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरी प्रस्तावको समर्थन गर्दै दवाव अभियान थालेका हुन्।

प्रकाशित: ९ कार्तिक २०७३ ०५:५७ मंगलबार

महाअभियोग पारित गर्न सांसदलाई एसएमएस