राजनीति

प्रधानमन्त्री दाहाललाई व्यंग्य गर्दै ओलीले 'बिरालो' सँग तुलना गरेँ

फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गरेका छन्।

अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताए।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गरे। उनले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा, देश र जनताको पक्षमा काम गर्न आफू र आफ्नो पार्टी खेदिएको पनि दोहोर्‍याए।  

त्यस अवसरमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्साका लागि संविधान संशोधन गर्दा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नभएको भए त्यसलाई प्रमाणिकरण गर्ने कुरा सम्भव हुने थिएन समेत भने।  

उनले राष्ट्रपति एमालेका उम्मेदवार सुवाष नेम्वाङलाई मतदान गर्न पनि संघ र प्रदेशका सबै सांसदहरुलाई आह्वान गरे। राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउनुपर्ने ओलीको भनाइ थियो।  

ओलीले दाहालले बेवास्ता गरेका जनयुद्धका घाइतेहरुलाई आफ्नो पार्टीले उपचार गर्ने भन्दै आउन पनि आग्रह गरे। आफ्नो पार्टीले हेल्थ डेस्कनै राखेर उनीहरुलाई सकेको उपचार गर्ने उनको भनाइ थियो। 

प्रकाशित: १४ फाल्गुन २०७९ ११:२८ आइतबार

केपी शर्मा ओली