राजनीति

परराष्ट्रमन्त्री पौडेल जेनेभा जाँदै

फाइल तस्बिर

परराष्ट्रमन्त्री डा. विमला राई पौडेल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आजै जेनेभा प्रस्थान गर्ने भएकी छिन्।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको हो।

बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन्। नेपाल सो परिषदको सदस्य राष्ट्र हो। सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्धिपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौडेलले बताइन्।

मन्त्री पौडेल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनु हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।  

प्रकाशित: १४ फाल्गुन २०७९ ०७:३९ आइतबार

डा. विमला राई पौडेल