नेकपा एमालेले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि नेकपा एकिकृत समाजवादी पार्टीसंगलाई पत्र पठाएर आफनो उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।
गएको पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा सर्मथन गर्ने बेलामा नै सात दल विच एमालेले राष्ट्रपति पाउनु पर्ने सहमती अनुसार एमालले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको जानकारी दिदै एकिकृत समाजवादी पार्टीसंग आवद्ध प्रतिनिधी सभा , राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यलाई सहयोग गर्न आग्रह गरेको छ।
एमालेबाट फुटेर माधव कुमार नेपालको अध्यक्षतामा बनेको नेकपा एकिकृत समाजवादी पार्टीले हिजो आठ दलको बैठकबाट नेपाली कांग्रेसका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सर्मथन गर्ने जनाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको चुनावका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली काग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन। निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो ३ बजेसम्ममा उम्मेदवारी दिनु पर्ने थियो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिदैछ।
प्रकाशित: १३ फाल्गुन २०७९ १२:२१ शनिबार