राजनीति

थरुहट तराई पार्टी नेपालको महाधिवेशन चैतमा हुने

काठमाडौं- थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष भानुराम चौधरीको स‌ंयोजकत्वमा ३ सय १ सदस्यीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। 

बैठकले विभिन्न उपसमिति बनाएर महाधिवेशन तयारी गर्ने निर्णय भएको पार्टी केन्द्रीय सचिव मिनराज चौधरीले जानकारी दिए। उनका अनुसार आर्थिक व्यवस्थापन समितिमा खड्गबहादुर चौधरी, प्रचारप्रसार समितिमा मीनराज चौधरी, जनपरिचालन समितिमा रामप्रसाद चौधरी, मञ्च व्यवस्थापनमा सन्तोष कठरिया, आवास तथा भोजन समितिमा मणिराम चौधरी, स्वयंसेवकमा राधेश्याम चौधरी छन्।

त्यस्तै विधान तथा घोषणा समितिमा डा. गोपाल दहित, पर्यवेक्षक समितिमा नन्दकुमार चौधरी, कोड अफ कन्डक्ट समितिमा गंगा थारु, राजनीतिक प्रतिवेदनमा भानुराम थारु, स‌गाठनिक तथा कार्यप्रतिवेदन लेखनमा शम्भु चौधरी छन्। 

दस जना केन्द्रीय सदस्यमा मनोनीत

थरुहट तराई पार्टी नेपालले दस जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। बैठकले रामप्रसाद चौधरी, सीता चौधरी, बिलारी थारु, जगननाथ थारु, सीताराम चौधरी, देशराम चौधरी, घनश्याम कुस्मी, नथ थारु, महादेव थारु र धन देवी थारु छन्। बैठकले बर्दियाका मदन कुमार थारुलाई केन्द्रीय सल्लाहकारमा मनोनीत गरेको छ।

बैठकले आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा तत्काल फिर्ता तथा आममाफी दिन सरकारसँग आग्रह गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकार गठनका बेला भएको तीन बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न पनि बैठकले माग गरेको छ।

प्रकाशित: ६ कार्तिक २०७३ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App