राजनीति

राष्ट्रपति भण्डारी विराटनगर आउँदै

विराटनगर–राष्ट्रपति विद्यादेवी भण्डारी केही बेरमा विराटनगर आउँदैछिन् । मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको ज्येष्ठ नागरिक महोत्सवमा सहभागि हुन उनी यहाँ आउन लागेकी हुन् ।
 नेपाली सेनाको विशेष हेलिकोप्टरबाट साढे ११ बजे विराटनगर विमानस्थलमा ओर्लिने राष्ट्रपति भण्डारी त्यहाँबाट सोझै कार्यक्रम स्थल जैन भवन आउने आयोजकले जनाएको छ। जैन भवनको परिसरमा बिशाल पण्डालमुनि कार्यक्रमको आयोजना गरिएको मञ्च व्यवस्थापन समितिका वसिम आलमले जानकारी दिए ।

 प्रदेश नम्बर १ का ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने र उनीहरुसित सामुहिक भोजन गर्ने राष्ट्रपति भण्डारीको कार्यक्रम रहेको आयोजक समितिका सचिव एमाले नेता जीवन घिमिरेले जानकारी दिए । एकसय वर्ष नाघेका ज्येष्ठ नागरिकलाई भने राष्ट्रपतिकै हातबाट सम्मान गरिनेछ । भने, अन्यलाई अरु अतिथीले सम्मान गर्ने कार्यक्रम छ । करिव ३ हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

राष्ट्रपति भण्डारी काठमाण्डौंबाट सप्तरीको सखडा भगवतीको मन्दिर पुगेर पुजापाठ गरी मात्र विराटनगर आउनेछिन् । राष्ट्रपति भण्डारीको आगमनले विराटनगरको सुरक्षाव्यवस्था कडा पारिएको छ ।

 

प्रकाशित: ६ कार्तिक २०७३ ०५:०२ शनिबार

राष्ट्रपति भण्डारी विराटनगर आउँदै